|
|
|
 Click Here To Download Peace Accord
आम नेपाली जनता दश बर्षलामो गृहयुद्धको कठिन यात्राबाट गुज्रिएर अनगिन्ती
पाठहरु सिक्दै परिवर्तन, विकास र दीगो शान्तिका लागि लोकतन्त्र
पक्षधरहरुको एकता नै सबैभन्दा ठूलो अस्त्र हुन सक्छ भन्ने निश्कर्षा
पुगेपछि नेपालीको यही आकांक्षालाई सम्मानपर्ूवक आत्मासाथ गर्दै सात
राजनैतिक दल र नेकपा माओवादी) बीच २०६२ साल मंसिर १२ गते १२ बुँदे समझदारी
सम्पन्न भई राष्ट्रिय एकता र शान्तिप्रतिको प्रतिवद्धताको पहिलो ऐतिहासिक
कदम चालियो । नेपाली जनताको चाहनालाई प्रतिविम्बित गरेको उक्त समझदारीको
परिणाम स्वरुप देशको कुना कुनाबाट जागरुक, महान नेपाली जनता परिवर्तन र
स्थायी शान्तिका खातिर निरंकुशतन्त्र विरुद्ध लोकतान्त्रिक आन्दोलनमा
होमिए । फलस्वरुपः विश्वकै अभूतपर्ूव घटनाका रुपमा १९ दिन लामो
शान्तिपर्ूण्ा जनआन्दोलनले निरंकुशतन्त्रलाई झुक्न बाध्य पार्यो । र,
संसदको पुनर्स्थापना सहित सात राजनैतिक दलको संयुक्त सरकार गठन भयो । तत्
पश्चात सात राजनैतिक दल र नेकपा -माओवादी) तथा नेपाल सरकार र नेकपा
-माओवादी) वीच शान्ति र अग्रगमन प्रति प्रतिबद्ध हुँदै २५ बुँदे
युद्धविराम आचारसंहिता एवं आठ बुँदे वालुवाटार सहमति लगायतका विभिन्न
समयमा विभिन्न सहमतिहरु सम्पन्न भइसकेका छन् । यिनै सहमतिहरुको
कार्यान्वयनको अनुगमन गर्न २०६३ असार १ गते सम्पन्न दर्ुइ पक्षीय वार्ताले
यस "युद्धविराम आचारसंहिता राष्ट्रिय अनुगमन समिति" को गठन गर्ने
निर्ण्र्ाागरेको हो । २०६३ साल असार १२ गते सम्पन्न नेपाल सरकार र नेकपा
माओवादी) का वार्ता टोलीका सदस्यहरुको संयुक्त बैठकले अनुमोदन गरेको
समितिको कार्यक्षेत्र र अधिकारको दशौं बुँदामा "राष्ट्रिय अनुगमन समितिले
आफ्नो कार्यविधि आफैं निर्धारण गर्ने । सो कार्यविधिको अनुमोदन दुवै
पक्षको वार्ता टोलीले गर्ने ।" उल्लेख भए अनुसार समितिले आफ्नो कार्यविधि
तयार गरी दुवै वार्ता टोली समक्ष अनुमोदनका निम्ति मिति २०६३/३/१८ मा
पठाएकोमा मिति २०६३/३/२१ मा युद्धविराम आचारसंहिता राष्ट्रिय अनुगमन
समितिको कार्यविधि, २०६३ अनुमोदन भएको छ । काठमाडौं
स्थित बबरमहलको पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको भवनमा आफ्नो
कार्यालय खडा गरी क्रियाशिल रहेको यस समितिले आफ्ना सदस्यहरुको विभिन्न
टोलीहरु गठन गरी उजुरी, गुनासा तथा सूचनाहरुको आधारमा देशभरिका सम्बन्धित
ठाउँहरुमा स्थलगत भ्रमण गरेर सत्यतथ्य छानवीन गरी समय समयमा प्रतिवेदन
दिने एवं आचारसंहिताको पालनाका लागि सम्बन्धित पक्षलाई दवाव दिने कार्य
गर्नेछ ।
२. उद्देश्यहरु नेपाल सरकार र
नेकपा माओवादी बीच २०६३ असार १ गते कुपण्डोलमा सम्पन्न दोश्रो चरणको
वार्तामा यस समितिको गठन गर्न भएको सहमतिको बुँदामा "सात राजनैतिक दल र
नेकपा -माओवादी) बीच भएको १२ बुँदे समझदारी र नेपाल
सरकार र नेकपा -माओवादी) बीच मिति २०६३/२/१२ मा
भएको युद्धविराम
आचारसंहिताको कार्यान्वयनको अनुगमन गर्न . . . " भन्ने वाक्यांश
उल्लेख भएकाले यसैलाई समितिको प्रमुख उद्देश्य मान्नुपर्ने हुन्छ । यसको
अतिरिक्त समितिको कार्यक्षेत्र समेतलाई दृष्टिगत गर्दा यसका उद्देश्यहरु
देहाय बमोजिम रहेका छन् । १. आचारसंहिता एवं
विभिन्न सहमतिहरुमा उल्लेखित विषयहरुको पालना भए नभएको बारे अनुसन्धान तथा
अनुगमन गरी दुवै पक्षलाई सुझाव दिनु एवं पालना गर्न लगाउनु ।
२. कुनै पक्षबाट आचारसंहिताको उल्लंघन भएको पाइए वा त्यसो भएको भन्ने
कुनै उजुरी, सूचना वा जानकारी प्राप्त भएमा छानवीन र अनुसन्धान गरी
सहमतिमा समस्याको समाधान गर्ने प्रयास गर्नु । ३. अनुसन्धान, छानवीन र सहमतिको आधारमा समाधान वा सुझाव सम्बन्धी प्रतिवेदन दुवै पक्षका प्रतिनिधिहरु रहेको संयुक्त समिति समक्ष पेश गर्नु ।
|
|
|
नयाँ सूचना |
|
|
|

|
|
|
|
Total Visitor:
5879
|
|
|